विदेशमा हिन्दु परम्पराअनुसार बिहे सम्पन्न

विदेशमा हिन्दु परम्पराअनुसार बिहे सम्पन्न

नेपालमा बसोबास गर्दै आएकाहरुले विवाहमा विदेशी तौरतरिका अपनाइरहँदा लामो समयदेखि उतै रहेको एक जोडीले हिन्दु रीतिरिवाजअनुसार परम्परागत शैलीमा लगनगाँठो कसेको छ । फिनल्याण्डमा बस्ने कपिल बस्नेत र सुमित्रा थापा परम्परागत हिन्दु रीतिरिवाजअनुसार जोडी बाँधिएका हुन्। 

राजधानी हेलसिन्कीस्थित पशुपतिनाथ मन्दिरमा हिजो उनीहरुले लगनगाँठो कसेका हुन् । उनीहरुको विवाहमा हेलसिन्कीका नगर परिषद् सदस्य कृष्ण रेग्मी पनि सरिक थिए । उक्त विवाहको फिनल्याण्डमा व्यापक चर्चा भइरहेको छ । त्यहाँको राष्ट्रिय टेलिभिजन ‘वाइएलई’ ले वृत्तचित्तका लागि विवाहको भिडियोसमेत खिचेर लगेको छ।

तस्बिरहरुः

टिप्पणीहरू