चक्रपथमा बस गुडाउँदै स्कुल बन्दको चेतावनी
नीजि विद्यालयका सञ्चालकहरुले स्कुल बससहित र्याली निकालेका छन् । आज उनीहरुले विभिन्न विद्यालयका बसमा चक्रपथ परिक्रमा गरेका हुन् ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै पाँच बुँदे मागसहित आन्दोलनमा उत्रिएका नीजि विद्यालयका सञ्चालकहरुले सरकारलाई भदौ १८ गतेसम्मको अल्टिमेटम दिएका छन् । त्यति बेलासम्म पनि माग सम्बोधन नभए आन्दोलन थप चर्काउने र देशभरका निजी विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा गने उनीहरुको चेतावनी छ ।
निजी विद्यालयका सञ्चालकहरुले गत शुक्रबार शिक्षामन्त्री रघुजी पन्तलाई भेटेर ध्यानाकर्षण गराएका थिए । उता सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघले पनि आन्दोलन निरन्तर जारी राखेको छ । महासंघले सरकारलाई २१ गतेसम्मको अल्टिमेटम दिएको छ ।
तस्बिरहरु





टिप्पणीहरू