बाढीपहिरोले धेरै ठाउँमा राजमार्ग र सडक अवरुद्ध

बाढीपहिरोले धेरै ठाउँमा राजमार्ग र सडक अवरुद्ध

अविरल वर्षासँगै बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार झण्डै दुई दर्जन राजमार्ग तथा ग्रामीण सडकखण्ड ठप्प भएका छन् । तीमध्ये आठ वटा एकतर्फी सञ्चालनमा आएका छन् । 

पूर्ण रुपमा अवरोध भएकामा १३ वटा राजमार्ग तथा सडकखण्ड रहेको प्रहरीले जनाएको छ । जसमा संखुवासभाको कोशी राजमार्ग, रसुवाबाट नेपाल र चीन नाका जोड्ने पुल, पासाङ ल्हामु सडकखण्ड, अरनिको राजमार्ग, बागलुङको ढोरपाटन सालझण्डी सडकखण्ड, बेनी–दरबाड सडकखण्ड, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड छन् । 

यस्तै, कालिकोटअन्तर्गत कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला र जाजरकोट–डोल्पा सडकखण्ड पनि अवरुद्ध भएको छ । बाढीपहिरोका कारण राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन गुड्न सकेका छैनन् । अवरुद्ध राजमार्ग र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू