एयरपोर्ट वरपर निषेधित गतिविधि नगर्न सूचना

एयरपोर्ट वरपर निषेधित गतिविधि नगर्न सूचना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधित गतिविधि नगर्न पुन: सचेत गराइएको छ । 

त्रिवि नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै एयरपोर्ट वरपर चङ्ग्रा, ड्रोन र बेलुनसहित लेजर लाईटको प्रयोग नगर्न भनेको हो । कार्यालयले पटक-पटक यस्तो सूचना निकालेर सचेत गराउंदै आएको छ । 

जहाज उडान तथा अवतरणका समयमा एपरपोर्ट आसपास त्यस्ता वस्तु उडाउँदा विमानको सुरक्षामा गम्भीर असर पर्ने भएकाले रोक लगाइएको कार्यालयको भनाइ छ । अटेरी गरेमा कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। 

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने व्यहोरासमेत यसै सूचनामार्फत सबैमा जानकारी गराइन्छ’, भनिएको छ ।

टिप्पणीहरू