रास्वपाले फेसबुक खुलाउन सरकारलाई दबाब दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
डिजिटल जमानामा सरकारले एकैपटक धेरै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको उसको ठहर छ । आज विज्ञप्ति जारी गर्दै रास्वपाले सामाजिक सञ्जाल बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लंघन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको बताएको छ ।
‘लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शीता र कानूनी प्रक्रिया हो, सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन,’ विज्ञप्तिमा भनिएको छ ।
दुरुपयोग रोक्नका लागि नीति आधारित, प्राविधिक र कानूनी उपाय अवलम्बन गर्नुपर्ने सुझाउँदै रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् ।’
नागरिक अधिकार कुण्ठित गर्नेगरी सरकारले गर्ने यस्ता प्रयासप्रति आफूहरुको कडा प्रतिवाद रहने चेतावनी पनि रास्वपाले दिएको छ ।
टिप्पणीहरू