सबै श्रेणीहरू

दिल्ली उड्नुअघि भारतीय प्रधानन्यायाधीश पाटनमा

दिल्ली उड्नुअघि भारतीय प्रधानन्यायाधीश पाटनमा

चारदिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किनु लाग्नुभएका मित्रराष्ट्र भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले पाटन दरबार स्क्वायरको अवलोकन गर्नुभएको छ । उहाँ आज बिहान ११ बजे त्यहाँ जानुभएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको औपचारिक निमन्त्रणामामा बिहीबार आठ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ ओर्लिनुभएका भूषण रामकृष्णले हिजो बूढा निलकण्ठको दर्शन गर्नुभएको थियो । त्यसअघि बिहान लुम्बिनी पुग्नुभएका उहाँले  भगवान् गौतम बुद्धको पवित्र जन्मस्थलको भ्रमण गर्नुभएको थियो ।

प्रधानन्यायाधीश भूषण ‘नेपाल–इण्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आउनुभएको हो । शुक्रबार उक्त कार्यक्रम सकिएसँगै उहाँ विभिन्न भेटघाट तथा सांस्कृतिक सम्पदाको अवलोकनमा व्यस्त हुनुहुन्छ ।