इटहरीमा २ को मृत्यु, आन्दोलनमा ज्यान गुमाउनेको संख्या बढ्दै
सुनसरीको इटहरीमा जेन जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सो क्रममा तीन जना घाइते भएका थिए ।
घाइतेमध्ये दुई जनाको मृत्यु भएको बताइएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार मृतकहरू २५ र ३० वर्षका युवा हुन् । गोली लागेपछि घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो।
टिप्पणीहरू