सन्तुक रुइत र कुलमानको जेनजीलाई विषेश अपिल
डा. सन्दुक रुइतले आन्दोलनरत् युवाहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको अवस्थामा थप तोडफोड गर्न नहुने भन्दै उनले आन्दोलनकारीलाई सतर्क गराएका हुन् ।
'तपाईहरुको अदम्य साहसको कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ', रुइतले विशेष अनुरोध गर्दै भनेका छन्, 'यस्तो अवस्थामा सार्वजनिक सम्पतिमाथि आगजनी गर्नु र तोडफोड गर्नु उचित हुँदैन ।'
रुइतले अब सार्वजनिक सम्पति नोक्सान गर्नु गलत रहेको बताएका छन् । 'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो, तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ, संयम बनौँ', उनले थपेका छन् ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले पनि प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब कानुनी हिसाबले निकाश निकाल्न अपिल गरेका छन् ।
टिप्पणीहरू