काठमाडौँ आउँदै गरेको हिमालय एयरलाइन्सको विमान पोखरा डाइभर्ट
ल्हासाबाट काठमाडौँका लागि उडेको हिमालय एयरलाइन्सको उडान HIM775 आकस्मिक रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
निर्धारित समय अनुसार विमानले आज दिउँसो १२:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो। तर, उक्त समयमा TIA एयरोड्रोम सञ्चालन बन्द भएपछि विमानलाई १३:५९ बजे पोखरा तर्फ डाइभर्ट गरिएको हो।
विमानमा रहेका ६५ जना यात्रु र ७ जना चालक दलका सदस्य सबै सुरक्षित छन्। एयरलाइन्सले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै पोखरा डाइभर्ट गरिएको जनाएको छ।
यस घटनाले यात्रुहरूलाई असुविधा भए पनि सुरक्षालाई ध्यानमा राख्दै गरिएको निर्णय भएको कम्पनीको भनाइ छ। हिमालय एयरलाइन्सले असुविधाप्रति क्षमा माग्दै आवश्यक व्यवस्थाका लागि पहल भइरहेको जानकारी दिएको छ।
टिप्पणीहरू