अदालतको सूचना कापीको पानामा
आन्दोलनकारीहरुले अदालतमा गरेको आगजनीबाट सबै कागजात,कम्प्युटर नष्ट भएपछि कापीको पानामा हातले लेखेर सूचना जारी गरिएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासका रजिष्ट्रारले कापीको पानामा कालो मसीले लेखिएको,रातोले हस्ताक्षर गरेको सूचना सार्वजनिक गरेका हुन् ।
सूचनामा भनिएको छ, ‘हिजोको आगजनीका कारण मुद्दाका मिसिलहरु,सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी र दर्ता तथा भोलिदेखिका मुद्दाको पेशी तथा दर्ता समेतका कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’
टिप्पणीहरू