हिमालय एअरलाइन्सले ओलीलाई दुबई नलगेको दावी
हिमालय एअरलाइन्सले केही सञ्चार माध्यमले बद्नियतपूर्वक प्रकाशित गरिरहेको समाचारप्रति आपत्ति जनाएको छ । हिजो जारी विज्ञप्तिपछि पनि राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर एअरलाइन्सलाई मुछ्नुले नियोजित योजना रहेको हिमालयको ठहर छ ।
‘केही सञ्चार माध्यममा के.पी.शर्मा ओली हिमालय एयरलाइन्समार्फत् दुबई उडान गर्दै’ भन्ने झुठो समाचार पटक पटक प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले भनेको छ, ‘यस सन्दर्भमा हामी पुनः स्पष्ट पार्न चाहन्छौँ कि उक्त समाचार पूर्ण रूपमा गलत र भ्रामक हो ।’
यस्ता अपुष्ट समाचारहरूमा विश्वास नगर्न र भ्रम नफैलाउन सम्पूर्ण सञ्चारकर्मी, आम नागरिक तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गरिएको छ ।
टिप्पणीहरू