त्रिभुवन विश्वविद्यालयमा पठनपाठन कात्तिक १० गतेपछि

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन कात्तिक १० गतेपछि

त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन स्थगित गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिविले विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ ।

नियमित पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालय प्रमुख लिल्ली थापा क्षेत्रीले जानकारी दिएकी छन् । उनका अनुसार हिउँदे बिदाबाट कटौती गर्नेगरी बिदा दिइएको हो ।

टिप्पणीहरू