देउवा निवासमा आरजूसङ्ग जेनजीको भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिध्वँश मच्चिनु केही समयअगाडि जेनजी सम्बध्द केही युवाले आरजू राणा देउवासङ्ग त्यहीँ गएर मुलुकको समसामयिक अवस्था र युवा पुस्ताको आकाँक्षा सम्वोधनवारे छलफल गरेको पाइएको छ ।
जेनजी आन्दोलनको उद्घोष गरेको 'हामी नेपाल' का संस्थापक सुदन गुरुङसहितका युवाहरू बूढानीलकण्ठस्थित निवासमै पुगेर परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणालाई भेटी समसामयिक स्थितिवारे ध्यानाकर्षण गराएको तस्विर सामाजिक सन्जालमार्फत सार्वजनिक भएको छ ।
जेनजी आन्दोलन भड्किएर हिंसामा परिणत हुँदा मंगलबार एक उत्तेजित जत्थाले देउवा दम्पतीलाई कुटपिट गरेर घरबाट निकाल्दै निवासमा आगो लगाएको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूको आक्रोशलाई प्रयोग गर्दै सडकमा आगो बालेर स्वार्थको रोटी सेक्न अरु विभिन्न समूहले घुसपैठ गरेको प्रष्ट भैसकेको छ । दुर्गा प्रसाईको 'नागरिक बचाऊ अभियान' र राजावादीसमेत मिस्सिएको जेनजी आन्दोलनमा विभिन्न स्वार्थ समूहको संलग्नता देखिएको छ ।
सिंहदरवारमा आगो झोस्न खटिएका एक युवाले केही समयअघि मात्र पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर आशिर्वाद थापेको तस्विर पनि बाहिर आएको छ ।
टिप्पणीहरू