राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका वेबसाइट 'सटडाउन'

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका वेबसाइट 'सटडाउन'

जेनजी आन्दोलनको नाममा राज्यका प्रमुख तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका भौतिक संरचना आगोले ध्वस्त भएपछि विभिन्न सरकारी निकायका वेबसाइट पनि बन्द भएका छन् । 

राष्ट्रपति कार्यालय,प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका वेबसाइट खुलेको छैन ।

 

भौतिक संरचना खरानी भएको अवस्थामा सरकारी निकायका सूचना थाहा पाउने माध्यम नै वेबसाइट हुन् । तर,अधिकांश सरकारी निकायका वेबसाइन नै बन्द भएको देखिन्छ ।

वेबसाइट बन्द भएको हो या कसैले ह्याक गरेको भन्ने खुलेको छैन । वेबसाइट ठप्प हुँदा सरकारी निकायका दस्तावेजबारे जानकारी लिन कठिनाई भएको छ ।

टिप्पणीहरू