पहिले भीडलाई उक्साए, अहिले सब थोक हटाए

पहिले भीडलाई उक्साए, अहिले सब थोक हटाए

प्रहरी र नागरिक एक सिक्काका दुई पाटा हुन् । प्रहरीले नागरिकको रक्षा गर्छन् । प्रहरीबिना समाजको कल्पना पनि गर्न सकिँदैन । तर,जेन–जी आन्दोलनमा तिनै प्रहरीमाथि हमला गरियो । आफ्नो कर्तव्य पुरा गर्ने क्रममा प्रहरीहरुलाई कुटिकुटी मारियो । 

प्रहरीलाई नाङ्गो बनाएर सडकको परिक्रमा गराइयो । खोलामा दौडाएर माथिबाट ढुंगैढुंगाले हानियो । निकै संघर्षपछि पाएको बर्दीको मजाक उडाइयो । हाल सामाजिक सञ्जालमा एक प्रहरीलाई मारेको हृदयविदारक तस्विर भाइरल बनेको छ । 

महाराजगन्जका डिएसपी भनेर एक प्रहरी जवानलाई पिटिपिटी मारिएको छ । दार्चुलाको लेकमका प्रहरी जवान उत्तम थापालाई डिएसपी भन्दै कुटेर मारेका हुन् । युट्युबर भाग्य न्यौपानेले प्रहरीलाई पनि नछोड्न भन्दै आफ्नो फेसबुकमार्फत उत्तेजित स्ट्याट्स लेखेका थिए । 

हाल उनले तीनवटै स्ट्याट्स फेसबुकबाट हटाएका छन् । एक जना भन्छन्,‘पहिले उत्तेजित स्ट्याट्स हालेर भीडलाई उक्साए,अहिले लुकाए ।’

टिप्पणीहरू