सतिसाल अर्थात् मीनबहादुर
भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङले आफ्ना जलाइएका स्टोर,गोदाम भवन पुनः ठडिने उद्घोष गरेका छन् । हजारौं सहयोगी हातहरुले जलाइएका स्टोर सफा गर्न मद्दत गरेको र फेरि उठ्न शक्ति दिएकाले भाट भटेनी स्टोर पुनः उठ्ने उनले बताएका हुन् ।
उनले दुखद क्षणहरु गुज्रिए,तर आशा नहराएको,पसलहरु ध्वस्त भए पनि समर्थक र शुभेच्छुकहरुको साथका कारण आफ्नो संस्थाले थप मजबुत महसुस गरेको उल्लेख गरेका छन् । लेखेका छन्, ‘तपाईंहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’
राजधानीका आधा दर्जन र बाहिरका झण्डै त्यत्ति नै संख्याका स्टोर आन्दोनलकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका छन् । बालुवाटारस्थित गोदाममा मंगलबार लगाइएको आगो आजसम्म पनि निभेको छैन । अर्बौं होइन खर्ब नोक्सान हुँदा पनि गुरुङले सुको विवरण उल्लेख गरेका छैनन् । नेपाली रगत,नेपाली सपुतले पुनः आफूलाई सतिसालको रुपमा उभ्याउने प्रण गरेका छन् ।
टिप्पणीहरू