सेनाले भन्यो-चिफ बाहिर जाने कुरा छैन

सेनाले भन्यो-चिफ बाहिर जाने कुरा छैन

प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेको भनी भैरहेको प्रचार भ्रमपूर्ण रहेको पाइएको छ । 

आन्दोलनको बलमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिमा यतिबेला देशको नेतृत्व सेनाको हातमा छ । आन्दोलनकारी शक्तिसँग वार्ता गरेर अन्तरिम सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेअनुसार सेनापतिले त्यसको समन्वय गरिरहेका छन् । 

तर,यस्तो विषम परिस्थितिमा सेनापति चीन जान लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमण तालिका सार्वजनिक भैरहेको छ । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा भोलिदेखि असोज ४ गतेसम्म बेइजिङ्गमा सन्चालन हुने १२ औँ छिङ्गसन् सम्मेलनमा सहभागी हुन त्यता जान लागेको भनिएको छ । 

तर, सैनिक जनसम्पर्क निर्देशनालयले पहिले नै तय भएको उक्त भ्रमणमा जाने अवस्था अहिले नरहेको स्पस्ट पारेको छ । सैनिक नेतृत्व देश छोडेर बाहिर जाने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै भ्रममा नपर्न अपिल पनि गरेको छ ।

टिप्पणीहरू