प्रहरीलाई तलमाथि परे यी नम्बरमा फोन  सम्पर्क

प्रहरीलाई तलमाथि परे यी नम्बरमा फोन  सम्पर्क

भदौ २३ र २४ गते भएको जेनेरेशन जेड अर्थात ‘जेन–जी’ पुस्ताको हिंसात्मक आन्दोलनमा निशाना बनेका प्रहरी कर्मचारीहरु अहिले पनि भयभित छन् । कर्तव्य निर्वाहका क्रममा प्रहरीमाथि निर्मम आक्रमण भएको छ । आन्दोलनमा तीन जनाको हत्या भएको छ । जसमा प्रहरी प्रभाग कोटेश्वरका असई अमृत गुरुङ्ग र प्रहरी वृत्त, महाराजगञ्जका मिलन राई र प्रहरी जवान उत्तम थापा रहेका छन् । 

उनीहरुलाई कुटिकुटी मारिएको हो । तीन सयभन्दा बढी प्रहरी घाइते भएकोमा एक सय चार जना उपचाररत रहेको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले बताए । उनका अनुसार सबै प्रहरी सम्पर्कमा आइसकेका छन् । जनआस्थासँग उनले भने,‘तीन जनाको मृत्यु भएको छ । एक सय चार जना उपचाररत हुनुहुन्छ । सबै सम्पर्कमा आइसक्नुभएको छ ।’

प्रहरी मुख्यालयले सूचना जारी गर्दै कुनै प्रहरी कर्मचारीलाई अप्ठेरो परेमा वा घरायसी थ्रेट आएमा हटलाइन नम्बर ०१–५९७९५१२, डिआइजी सुरेन्द्रबहादुर गुरुङ्ग (९८५१२८०७५५), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे (९८५१२९०९९९),प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पञ्जियार थारु (९८५१२८११७०) र महेश थापा (९८५१२८१७१४) लाई तुरुन्त सम्पर्क गर्न भनेको छ । त्यसैगरी, उपत्यका पृतनामा कार्यरत एसपी मिलन केसीलाई पनि उनको फोन नम्बर (९८५१२८१७७०) मा सम्पर्क गरेर जानकारी गराउन सकिन्छ ।

टिप्पणीहरू