चोरेको सामान फिर्ता गर्न कडा चेतावनी

चोरेको सामान फिर्ता गर्न कडा चेतावनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन–जी आन्दोलनका क्रममा आफ्नो कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न सूचना निकालेको छ । 

आन्दोलनको मौका छोपेर आयोगको टंगालस्थित मुख्यालयसहित मातहतका कार्यालयबाट चोरिएका सवारी साधन, टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामान फिर्ता गर्न भनेको हो । 

अन्यथा, कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । तोडफोड र चोरीमा संलग्नको पहिचान सिसिटिभी फुटेजमार्फत भइरहेको पनि आयोगले जनाएको छ । 

‘उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल वा मातहत कार्यालय, नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू