विराटनगरको भाटभटेनीमा पनि जलेको शव
विराटनगस्थित जलाइएको भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा एउटा शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको शव भेटिएको प्रहरीले जनाएको छ ।
जेन जी आन्दोलनका क्रममा गत मंगलबार विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो । प्रहरीले शव लुटपाटमा गएकामध्ये कसैको हुन सक्ने सम्भावना औंल्याएको छ ।
‘शव पूर्ण रूपमा जलेकालेल पहिचान गर्न कठिन छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरीले भन्यो ।
टिप्पणीहरू