नेताको घरमा आगो लगाउँदा निर्दोष वृद्धाको निधन

नेताको घरमा आगो लगाउँदा निर्दोष वृद्धाको निधन

जेन-जी आन्दोलनकारीको आगजनीमा परी घाइते ८२ वर्षे एक वृद्धाको ज्यान गएको छ । 

भदौ २४ गते एक समूहले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टको घरमा आगो लगाएको थियो । उक्त आगोको मुस्लोबाट छिमेकी ८२ वर्षीय शीलशोभा तुलाधर घाइते भएकी थिइन् ।

उनको आज निधनको भएको जानकारी दिँदै नेता विष्टले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । निर्दोष नागरिकको ज्यान लिने तहमा यस्तो घटना घटाईएको भन्दै उनले असन्तुष्टि जनाए । 

'ठूला युद्धमा पनि जेष्ठ नागरिक, विरामी, बालवालिकाहरु र अशक्तहरुलाई जोगाइन्छ । तर सुशासन र परिवर्तनको नारा लगाउदै राष्ट्रिय झण्डा बोकेर गरिएका आगजनी, लुटपाट र आक्रमणमा निर्दोष नागरिकको समेत ज्यान लिने काम किन भयो मैले बुझ्न सकेको छैन', विष्टले भने ।

टिप्पणीहरू