ज्यान गुमाएका युवाहरूको अन्त्येष्टि, केही शव हेलिकोप्टरमा उपत्यका बाहिर लगिँदै

ज्यान गुमाएका युवाहरूको अन्त्येष्टि, केही शव हेलिकोप्टरमा उपत्यका बाहिर लगिँदै

गत साताको जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको अन्त्येष्टि आज हुँदैछ । मृतकका परिवार र आफन्तले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जदेखि शवयात्रा गरेपछि काठमाडौं पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। 

ललितपुरका डुपात बिनोद महर्जन, काभ्रेका रसिक खतिवडा, धनगढीका गौरव जोशीको शवलाई पशुपति आर्यघाटमा सलामीपछि दाहसंस्कार गर्ने कार्यक्रम छ । गत साताको आन्दोलनमा पहिलो दिन २० जना र बाँकी ५२ जना त्यसपछि मारिएका हुन् । 

सरकारले मृतकहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गतेलाई राष्ट्रिय शोकको रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि आज अन्त्येष्टि गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका शवहरूको पोष्टमार्टम र पहिचानपछि परिवारले जिम्मा लिएका हुन् ।

केही मृतकको शव नेपाली सेनाको हेलिकप्टरमा सम्बन्धित जिल्लामा पुर्याईंदै छ । सुनसरीका साजन राई, संखुवासभाका प्रवीण कुलुङ, उदयपुरका सारकुमार राई र सन्तोष विश्वकर्मा, सिरहाका विजय चौधरी र धनकुटाका छत्रमान कुथुमीको शव उनीहरुको गृहजिल्ला लैजाने तयारी गरिएको बताइन्छ । ती शवलाई पनि पशुपतिमा राष्ट्रिय सम्मान अर्पण गरेपछि हेलिकोप्टरमा बाहिर लैजाने बुझिएको छ ।

तस्बिरहरु 


 

टिप्पणीहरू