हेलिकोप्टरमा ल्याइएका फायरिङ अभ्यासअघि घाइते सैनिकहरुको राजधानीमा उपचार

हेलिकोप्टरमा ल्याइएका फायरिङ अभ्यासअघि घाइते सैनिकहरुको राजधानीमा उपचार

मकवानपुर र बाराको सीमाना चुरियामाई नजिकै भएको सवारी दुर्घटनामा घाइते सैनिकहरुमध्ये गम्भीर अवस्थाका छ जनाको राजधानीमा उपचार जारी छ । आज दिउँसो ३ बजेको समयमा नेपाली सेनाको ट्रक दुर्घटनामा परेपछि उनीहरुलाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो ।

उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा तनहुँस्थित नम्बर २ राजदल गणको टोली धनुषामा फायरिङ अभ्यासका लागि जाँदै गरेको ट्रक दुर्घटनामा परेको थियो । लु १ ग २८० नम्बरको ट्रक खोल्सामा खस्दा सवार २२ जना सैनिकमध्ये १६ जना घाइते भएका हुन् । तीमध्ये छ जनाको अवस्था गम्भीर भएपछि हेलिकोप्टरमा काठमाडौं ल्याइएको बताइन्छ ।

घाइते सबैलाई प्राथमिक उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। राजधानी ल्याइएका घाइतेमा प्युठ भरत बिक, अमल्दार हिरामान माझी, अमल्दार टिकाराम कडेल, अमल्दार सुनिल चौधरी, सिपाही रोहित पाण्डे, हुद्दा चक्र बोहरा हुन् ।

टिप्पणीहरू