शोक बिदासँगै विश्वकर्मा पूजा

शोक बिदासँगै विश्वकर्मा पूजा

गत साताको गतेको देशव्यापी विध्वंशमा मारिएकाको सम्झनामा आज सरकारले शोक बिदा दिएको छ । नयाँ पुस्ताले भ्रष्टाचार बन्द, सुशासनको माग गर्दै आयोजना गरेको विरोध कार्यक्रमलाई विभिन्न स्वार्थ समूहको घुसपैठबाट हिंसात्मक बनाएपछि ७३ जनाको ज्यान गएको छ । 

हिजो राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएका मृतकहरुको सम्झनामा आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

आजै कालीगढहरूले विश्वकर्मा पूजा मनाइरहेका छन् भने वास्तु दिवस पनि मनाइएको छ । कलकारखाना र औजारमा पूजा गर्ने प्रचलनअनुसार मजदुर र कालीगढहरूले विश्वकर्माको पूजा गरी उपकरण दीर्घायु हुने विश्वास गर्छन् ।

तस्बिरहरु

टिप्पणीहरू