मध्यरातदेखि राष्ट्रिय सभा अधिवेशन अन्त्य

मध्यरातदेखि राष्ट्रिय सभा अधिवेशन अन्त्य फाइल फाेटाे

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति १२ बजेदेखि सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको संघीय संसद्ले जनाएको छ । 

भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन सम्वत् २०८२ भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गर्नुभएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम राष्ट्रिय सभाका माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
 

टिप्पणीहरू