२० मिनेटसम्म स्थिरताका कुरा !
प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडियो कुराकानी भएको छ । करिब २० मिनेट लामो टेलिफोन वार्तामा नेपालमा शान्ति, स्थिरता र लोकतान्त्रिक प्रक्रियाबारे कुराकानी भएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालको शान्तिपूर्ण संक्रमणप्रति खुशी व्यक्त गर्दै पुनर्निर्माण र विकासमा भारतको निरन्तर सहयोग रहने धारणा राखिएको अधिकारीहरुले बताएका छन् ।
कार्कीसँग कुराकानी गरेलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत् भारत सधैँ नेपालीको हितमा रहेको बताएका छन् । ‘मैले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग कुराकानी गरेँ’, मोदीले लेखेका छन्, ‘हालैको दुखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे र शान्ति तथा स्थिरता पुनःस्थापनाको लागि उहाँको प्रयासप्रति अटूट समर्थन जनाएँ ।’
टिप्पणीहरू