अस्पताललमा उपचाररत पूर्व मेयरको निधन
झण्डै दुई महिनादेखि अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ । उनको धुलिखेल अस्पतालमा आज बिहान निधन भएको जनाइएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तिमल्सिना नेकपा (एमाले) बाट नमोबुद्ध नगरप्रमुखमा निर्वाचित भएका थिए । उनी पूर्वपत्रकार तथा साहित्यकार पनि हुन् ।
साउन १० गते नमोबुद्ध नगरपालिका–२ को २० किलोस्थित बीपी राजमार्गमा दुई स्कुटर आपसमा ठोक्किँदा तिमल्सिना गम्भीर घाइते भएका थिए । त्यसपछि घाइते भएका उनलाई धुलिखेल अस्पतलामा भर्ना गरिएको थियो ।
टिप्पणीहरू