मुलुक एनजिओ र आईएनजिओको कब्जामा : दुर्गा प्रसाईं

मुलुक एनजिओ र आईएनजिओको कब्जामा : दुर्गा प्रसाईं

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मुलुक एनजिओ र आईएनजिओको कब्जामा पुगेको बताएका छन् । घरमै आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देश बार्बरा फाउन्डेसन र समता फाउन्डेसनसहितका संस्थाहरुले कब्जा गरेको उल्लेख गरे ।

भदौ २२ गते साँझ जेनजी प्रदर्शनका संयोजक मिराज ढुंगानासहितका युवाहरुलाई आफूले होसियार बन्न सुझाव दिए पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का सुदन गुरुङहरूले हाइज्याक गरेको प्रसाईंको आरोप छ । उनले एक भिडियो सामाग्री देखाउँदै प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदिश खरेलमाथि गम्भीर आरोप समेत लगाएका छन् । 

‘हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै, यो देशमा नर्सिंग कलेज खोल्नु हुँदैन भन्ने अहिलेकै प्रधानमन्त्री हुन्’, प्रसाईंले भने, ‘एमसिसी र एमसिएमा हस्ताक्षर गर्ने तपाईंहरुले हिरो मानेका कुलमान हुन्, त्यसको वकालत गर्ने अहिले सञ्चारमन्त्री बनेको देख्दा अचम्म लागेको छ, पुरै एनजिओ र आईएएनजिओको कब्जामा छ देश ।’

वास्तविक जेनजीको प्रदर्शनमा एनजिओ र आईएनजिओले ठूलो षड्यन्त्र गरेर मुलुक आफ्नो हातमा लिएको उनको आरोप छ । ‘हामीले व्यवस्था परिवर्तनको लागि यत्रो आन्दोलन गर्यौै, तर कहिकतैबाट एक रुपैयाँ लिएका छैनौँ, तर यिनीहरुले डलरका डलर ओसारेका छन्’, प्रसाईंले थपे । 

संसद भवन, सिंहदरबार, सर्वोच्चजस्ता निकायमा आगो लगाउने आफ्नो चाहना भए पनि त्यो आफूले नगरेको उनको तर्क छ । उक्त विध्वंश काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गराएको उनको दाबी छ ।

टिप्पणीहरू