सबै श्रेणीहरू

दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाईँदै

दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाईँदै

दुई साता लामो बडादशैं आज रातिबाट विधिवत रुपमा सकिँदैछ ।

राति महालक्ष्मीको पूजाआराधनासहित जाग्राम बसेपछि दशैंको धार्मिक रुपमा औपचारिक समापन गरिन्छ । 

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरेर रातभर जाग्राम बस्ने भएकाले आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । पूजा कोठाको जमरालाई नजिकैको नदी, तलाउ, पोखरी, तीर्थस्थलमा लगेर आज विसर्जन गरिन्छ । 

नवदुर्गाका तीन रुपमध्येको एक महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने धार्मिक मान्यता छ ।