नयाँ दललाई कात्तिक मसान्तको म्याद
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि कात्तिक ३० गतेसम्मको समय निर्धारण गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले तयार पारेको कार्यतालिकामा सो कुरा उल्लेख छ । चुनावी प्रयोजनका लागि नयाँ दर्ता हुन चाहनेले कात्तिक ३० गतेअगावै दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
आयोगका अनुसार यसअघि दर्ता कायम रहेका दलहरुको हकमा भने मंसिर १ देखि १० गतेसम्म दर्ता मिति तोकिएको छ ।
चुनावी कार्यक्रमअन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ । त्यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय छुट्याईएको छ ।
फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गराउने आयोगको कार्यतालिकामा उल्लेख छ । दुवै निर्वाचन प्रणलीतर्फको मतपेटिका संकलन भएपछि मतगणना सुरु हुनेछ ।

टिप्पणीहरू