यसकारण सेनाले उता गोली चलाएछ

यसकारण सेनाले उता गोली चलाएछ

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि २५ गते बिहान कारागारबाट कैदीबन्दी भाग्न खोज्दा पर्साको वीरगञ्जमा सेनाले गोली चलाएको थियो ।

बिहान साढे ९ बजे वीरगञ्ज ४ स्थित कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुु परेको सेनाको दावी छ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स,शव वाहन,दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु सञ्चालन हुन सक्ने भनिएको अवस्थामा कारागारभित्र अस्वाभाविक गतिविधि नभएपछि गोली चलाइएको सेनाले माथिल्लो निकायलाई गरेको रिपोर्टिङमा उल्लेख छ ।

कर्फ्युमा आवश्यक सहजताको लागि नजिकका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सम्बद्ध सबैमा अनुरोध गरेको सेनाले आन्दोलनपश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको जनाएको थियो । आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन,तोडफोड,लुटपाट,आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनीसमेत दिइएको थियो ।

टिप्पणीहरू