बालुवाटार छिरेका सुधन गुरुङ साढे ३ घण्टामा बाहिरिए
प्रधानमन्त्री सुशीला कार्कीसँग सुधन गुरुङले तीन घण्टा भेटवार्ता गरेका छन् । उहाँको सरकारी निवास बालुवाटारमा साँझ साढे ६ बजे छिरेका गुरुङ साढे ९ बजे बल्ल निस्किए ।
स्रोतका अनुुसार करिब ८ बजे हामी नेपालका जेम्स कार्की पनि प्रधानमन्त्री निवास छिरेका थिए । त्यसपछि राति साढे ९ बजे उनीहरु त्यहाँबाट बाहिरिएको बताइन्छ ।
भोलि थप मन्त्री नियुक्त गर्ने तयारी र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग जेन जी समूहको वार्ता रहेकाले आज राति गुरुङले प्रधानमन्त्री कार्कीसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू