राजाका सैनिक सचिव र पूर्व गुप्तचर प्रमुख चीन चलान

राजाका सैनिक सचिव र पूर्व गुप्तचर प्रमुख चीन चलान

राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा र तत्कालीन राजा वीरेन्द्रसहित ज्ञानेन्द्रका पनि सैनिक सचिव लेफ्टिनेन्ट जनरल विवेक शाहलाई चीनले आजदेखि केही दिनका लागि विशिष्ट पाहुना बनाएको छ । 

दुई पूर्व सुरक्षासम्बध्द वरिष्ठ व्यक्तित्वहरु आज मध्यान्ह काठमाडौंबाट दिउँसो काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छङ्तु हुँदै बेइजिङ्ग प्रस्थान गरेका हुन् । शर्मा र शाह मध्यान्ह साढे १२ बजे एअर चाइनाको उडान नम्बर सिए ४३८ मा छङ्तु गएका हुन् । 

नेपालको बदलिँदो राजनीतिक परिस्थिति र आगामी सुरक्षा चुनौतीवारे चिनियाँ थिँक ट्याँकहरुसङ्ग यस यात्रा क्रममा घनिभूत छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू