‘बृहत राजनीतिक संवाद’ मा जुट्दै रास्वपा

‘बृहत राजनीतिक संवाद’ मा जुट्दै रास्वपा

रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बृहत राजनीतिक संवाद’ आयोजना गर्न लागेको छ। गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको प्रदर्शनको उत्पत्ति, नतिजा र आगामी सुधारको सन्देशबारे साझा छलफलका लागि कात्तिक १४ गते यो संवाद आयोजना हुने भएको हो।

संवादमा लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि बृहत एकता र सहकार्यको रेखाङ्कन गरिनेछ। साथै, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र त्यसको उपयोगिताबारे पनि छलफल हुनेछ।

त्यसैगरी, रास्वपाले मतदाता नामावली दर्ता सहजीकरण अभियान पनि सञ्चालन गर्ने भएको छ। सचिवालय सदस्य गणेश पराजुलीको संयोजनमा कात्तिक २५ गतेसम्म पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गरिने जानकारी दिइएको छ।
 

टिप्पणीहरू