सिडिओ कार्यालयतर्फ मोडिए नारा लगाउँदै हिँडेका नर्सहरु

सिडिओ कार्यालयतर्फ मोडिए नारा लगाउँदै हिँडेका नर्सहरु

चितवनमा निजी अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरू तलब बढाउने माग गर्दै आन्दोलनरत छन्। उनीहरूको जुलुस भरतपुर चौबीसकोठी चोकको अस्पताल रोडबाट मालपोत चोक हुँदै जिल्ला प्रशासन कार्यालय (सिडिओ) गएको छ । 

हातमा प्लेकार्ड बोकेर न्यायको माग गर्दै नाराबाजीमा संलग्नहरूले चेतावनी दिँदै भनेका छन्, ‘हाम्रो असन्तुष्टि अब काम रोक्ने तहसम्म पुग्न सक्नेछ।’ चितवनका नेशनल सिटी हस्पिटल, मौलाकाली लगायतका ठूला निजी अस्पतालले पाँचौं तहका नर्स तथा पारामेडिक्स कर्मचारीहरूलाई मासिक १३–१४ हजार रुपैयाँमै काम लगाइरहेको आरोप छ।

उनीहरुले सरकारी तलब र सुविधाजस्तै समान तलब सुविधा लागूको माग गरेका छन् । सरकारी अस्पतालमा नर्सिङ कर्मचारीको मासिक तलब झन्डै ३५ हजार पुगेको छ। भरतपुरमा प्राइभेट अस्पतालहरू चोक चोकमा खुलेका छन् । तर मापदण्ड उल्लङ्घन गर्दै आएका प्राइभेट अस्पतालहरूले सरकारी डाक्टर र प्राविधिक राखेर अन्य कामदार र बिरामीबाट अत्यधिक शुल्क लिइरहेको पाइन्छ । नियामक निकायको पर्याप्त ध्यान नपुगेका कारण परीक्षण र सेवा शुल्कमा एकरुपता कायम नभएपछि उपभोक्ताले मनोमानी शुल्क तिर्न बाध्य हुने अवस्था सिर्जना भएको छ।

टिप्पणीहरू