अविवाहित शिक्षिका झुण्डिइन्, पारपाचुके गर्ने अधिकृत पक्राउ
डोटीमा २७ वर्षीया शिक्षिका झुण्डिएको अवस्थामा फेला परेपछि एक शिक्षा अधिकृत पक्राउ परेका छन् । पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का आफ्नै घर नजिकै झुण्डिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनाको अनुसन्धानका क्रममा शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरिएको छ। शिक्षिकाको सुसाइड नोटअनुसार रावलमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिएको हो ।
मृतक खड्काले आत्महत्याअघि रावलका नाममा सुसाइड नोट लेखेको भेटिएको छ । मृतक बाजुराको बूढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा अध्यापन गर्थिन् ।
खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावलको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
टिप्पणीहरू