किर्ते हस्ताक्षरको आडमा वन अध्यक्षद्वारा रकम हिनामिना
डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
किर्ते हस्ताक्षर गरेर सामुदायिक वनको कोष हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
अख्तियारका अनुसार मडैले समितिको बैठक (मिनेट) नक्कली तयार पारेर सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरी कोषमा जम्मा रहेको १८ लाख १५ हजार रुपैयाँ व्यक्तिगत प्रयोगका लागि हिनामिना गरेको पाइएको छ।
सो रकम जफत गरी मडैलाई कैद र जरिवाना सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।
टिप्पणीहरू