मातेर सवारी चलाउनेलाई सशस्त्रको उन्मुक्ति

मातेर सवारी चलाउनेलाई सशस्त्रको उन्मुक्ति

अनुशासन सुरक्षा संयन्त्रको मेरुदण्ड हो । सुरक्षा निकायमा जागिरेहरु सबैभन्दा बढी अनुशासनमा बस्नुपर्छ । अनुशासनहीन वा आचरणविपरीतको काम गरेमा उनीहरुलाई कारबाही र सजाय हुन्छ । 

तर,मोरङको बूढीगंगा गाउँपालिका–१, टंकीसिनबारीस्थित सशस्त्र प्रहरी बल, नेपाल ३ नम्बर गणले पटकपटक मादक पदार्थ सेवन गरेर अनुशासनहीन काम गर्ने आफ्ना कर्मचारीहरुलाई स्पष्टीकरणसमेत नसोधिकन उन्मुक्ति दिएको पाइएको छ । 

गत कात्तिक ८ गतेको घटना हो, दुई सशस्त्र जवान टंकीचौर पेट्रोलपम्प पछाडि रहेको भट्टी पसलमा पोर्क सेकुवासँगै मादक पदार्थ सेवन गरेर स्कुटरमा कोशी राजमार्गमा निस्किएका थिए । सोही क्रममा उत्तरतर्फ विराटनगर जाँदै गरेको अर्को कारसँगै स्कुटर ठोक्कियो । पछाडि बसेका जवानको खुट्टा भाँच्चिएकोमा उनलाई तत्काल विराट टिचिङ अस्पताल लगियो । 

रोचक प्रसंग के भने, मादक पदार्थ सेवन गरेर अर्काको गाडीमा लगी स्कुटर ठोक्काउने जवानहरुको उपचार कार चालकले गरिदिनुपरेको छ । ठूलो गाडी भएकाले उनीहरुको उपचार र स्कुटर मर्मतसम्भार खर्च कार चालकले नै व्यहोर्नुपरेको छ । सँगै स्कुटर ठोक्काएर आफैंलाई घाइते बनाएका उनीहरुलाई गणपति राजेश घिमिरेले कारबाही नगरिकन उन्मुक्ति दिएको गुनासो छ । 

घाइते भएका ती जवानको यो पहिलो गल्ती भने होइन । उनले पहिले पनि मापसे गरेर घाइते हुँदा गणका सबै जवान र हवल्दारहरुले आपसमा चन्दा उठाएर उपचार गराइदिएका थिए । भारतीय चर्चित भनाइ ‘हम नहीँ सुध्रेङ्गे’ भनेझैं ती जवानले पटकपटक घाइते भए पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउन छोडे
 

टिप्पणीहरू