सशस्त्र आईजीपी भारत प्रस्थान
सशस्त्र प्रहरी बल,नेपालका आईजीपी राजु अर्याल भारत प्रस्थान गरेका छन् । नयाँ दिल्लीमा हुने ‘नेपाल–भारत कोअर्डिनेशन’ को नवौं बैठकमा सहभागी हुन उनीसहित सात सदस्यीय टोली त्यसतर्फ गएको हो ।
टोलीमा सशस्त्रका एआईजी गणेश ठाडामगर,एसएसपी किरण बस्नेत, डिएसपी सुरज पौडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत रामप्रसाद दास, उपसचिव रविन्द्र आचार्य र विजयराज तण्डुकार रहेका छन्।
नेपाल एअरलाइन्सको उडान नम्बर आरए२१७ बाट हिजो दिँउसो त्यसतर्फ प्रस्थान गरेको टोली कात्तिक २८ गते स्वदेश फर्किनेछ ।
टिप्पणीहरू