सरकारले निःशुल्क बाँड्ने औषधिमा कैफियत

सरकारले निःशुल्क बाँड्ने औषधिमा कैफियत

औषधि व्यवस्था विभागले सेटोफेन नामक औषधि बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । 

लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको पाइएपछि फिर्ता लैजान भनिएको हो । औषधि उत्पादक कम्पनीलाई तत्काल बजारबाट फिर्तागरी त्यसको विवरण पेश गर्न पनि विभागले कडा निर्देश गरेको छ ।

‘औषधी न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरि उक्त ब्याच नम्बरका औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न...’, विभागको सूचनामा उल्लेख छ । 

त्यसैगरी, चिकित्सकलाई सो औषधी सिफारिस नगर्न र बिक्रेतालाई नबेच्न अनुरोध गरिएको छ । सेटोफेन बजारमा भन्दापनि सरकारी अस्पताल र स्वास्थ्य चौकीमा पाइने औषधी हो । 

यो औषधी सरकारले निःशुल्क वितरण गर्दै आएको छ । प्रायः स्वास्थ्य बीमा गरेका बिरामीलाई दिइने गरिन्छ । सन् २०२३ मै उत्पादन भएको सेटोफेन अहिलेपनि सरकारी अस्पतालहरूले वितरण गर्दै आएका छन् ।

टिप्पणीहरू