कतारबाट एक दर्जन कैदीबन्दी फर्कंदै
कतारले एक दर्जन नेपालीलाई आममाफी दिएको छ । विभिन्न अभियोगमा कतारको जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालीलाई आममाफी दिइएकोमा कतार सरकारलाई धन्यवाद दिएको छ । नेपाल र कतारबीचको विद्यमान गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रुपमा प्रदान गरिएको यो आममाफीको उच्च कदर गरिएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू