छिटो राहदानी बनाइदिने प्रलोभनमा रकम असुल्ने आठ जना बिचौलिया पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागबाहिर सेवाग्राहीलाई चाँडै पासपोर्ट बनाइदिने भन्दै दुःख, हैरानी दिएको तथा रकम असुलेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–९, बस्ने २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौंको शंखरापुर नगरपालिका–६, बस्ने ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौं–३२, बस्ने २५ वर्षीय प्रेमबहादुर लामा, वडा नम्बर २८, बस्ने १८ वर्षीय भगवान तामाङ, वडा नम्बर २६, बस्ने २९ वर्षीय टेकबहादुर सुनार, कागेश्वरी मनोहरा नगरपालिका–९, बस्ने ३० वर्षीय साजन श्रेष्ठ तथा वडा नम्बर ९, बस्ने ३८ वर्षीय जिवन लामा र नागार्जुन नगरपालिका–६, बस्ने ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ छन् ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।