रविका वकिल आएनन्, पेशी स्थगित

रविका वकिल आएनन्, पेशी स्थगित

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दाउपर आजको सुनुवाई स्थगित भएको छ । 

लामिछानेका कानून व्यवसायी उपस्थित नभएपछि उच्च अदालत पाटन र तुलसीपुर,बुटवल इजलासमा तोकिएको पेशी अर्को बिहिवार मङ्ग्सिर ११ गते सम्मलाई स्थगित भएको हो । 

यता लामिछाने र जोशीविरुद्ध उच्च अदालत पाटनमा दायर संगठित रुपमा ठगीसम्बन्धी मुद्दाउपर सुनुवाईका निम्ति न्यायाधीशद्वय स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा पेशी तोकिएकोमा स्वीकृति श्रीमानले बुटवल बस्दा रमेश ढकालसङ्गैको इजलासबाट थुनामा पठाउने आदेश भएको थियो । 

उता,उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा तोकिएको पेशी पनि स्थगित भएको अदालतले जनाएको छ । 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि  थुनामा रहेका लामिछानेले आफूलाई तोकिएको बिगो बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । 

तर, गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त निवेदन अस्वीकार गरेको थियो । सो निर्णयविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन् । हाल उनी नख्खु कारागारमा छन् भने पूर्वडीआईजी जोशीलाई रुपन्देही कारागारमा राखिएको छ ।

टिप्पणीहरू