शिक्षककाे भत्तासँगै विद्यार्थीकाे प्याड र खाजाबारे प्रष्टीकरण
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन कार्यविधि (आव २०८२–८३) को मागदर्शन बुँदा नम्बर १९ मा भएको विषयबारे प्रष्टाएको छ । केही अन्यौलता भएपछि केन्द्रले आज सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यसबारे थप स्पष्ट पारेको हो ।
केन्द्रका अनुसार सो बुँदाबमोजिम अब अनुमति प्राप्त गरी सञ्चालनमा रहेका वा हरेक वर्ष विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क भरेका परम्परागत (गुरुकुल, आश्रम, गुम्बा, बिहार, मदरसा) विद्यालयको विवरण र विद्यार्थी संख्या यकिन गरी पाठ्यपुस्तक, छात्रवृत्ति, सेनिटरी प्याड एवं दिवा खाजाबापतको रकम सम्बन्धित शीर्षकबाट अनुदानमा दिनुपर्ने छ ।
त्यस्तै, प्राविधिक धार (कक्षा ९–१० र कक्षा ९–१२) मा कार्यरत प्रशिक्षक र सहायक प्रशिक्षकलाई मात्र प्रतिमहिना तीन हजार दरले १० महिनाको प्राविधिक भत्ता उपलब्ध गराउनुपर्ने केन्द्रको भनाइ छ ।
टिप्पणीहरू