लासेन्स खोजतलासको, काम उत्खनन् र बेचबिखनइ

लासेन्स खोजतलासको, काम उत्खनन् र बेचबिखनइ

खनिज खोजतलासको अनुमतिपत्र लिएर उत्खनन् तथा बेचबिखन गर्ने गरिएको पाइएको छ । खोजतलास अनुमतिपत्रका आधारमा खनिज पदार्थ उत्खनन् एवं बेचबिखन भइरहेको पाइएपछि खानी तथा भूगर्भ विभागले कारबाहीको चेतावनी दिएको छ । 

विभागले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र खनिज खानतलास र तिनको परीक्षणका निम्ति मात्र खोजतलास अनुमतिपत्र दिइएकोले त्यसको आधारमा खनिज पदार्थको उत्खनन् र किनबेच गर्न नपाइने स्पष्ट पारेको छ । 

विभागका अनुसार त्यस्ता अनुमतिपत्र प्राप्त व्यक्ति तथा कम्पनीले औद्योगिक रातोमाटो, काओलिन (सेतो कमेरो माटो) स्ल्याव एंव स्लेट स्टोनलगायत खनिज उत्खनन् तथा बेचबिखन गरेको जानकारी प्राप्त भएको छ । 

सूचनामा उल्लेख छ, ‘खोजतलासको अनुमति प्राप्त गरेका व्यक्ति–कम्पनीहरुले उक्त अनुमतिपत्रको आधारमा औद्योगिक रातोमाटो, काओलिन (सेतो कमेरो माटो) स्ल्याव एंव स्लेट स्टोनलगायत खनिज उत्खनन् तथा बिक्रीवितरण गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट विभागमा प्राप्त हुन आएकोले खोजतलास अनुमतिपत्रकै आधारमा खनिज पदार्थको उत्खनन् एवं बिक्रीवितरण नगर्न नगराउन हुन एवं यस्तो कार्य गरे–गराएको पाइएमा ऐ.ऐन र नियमावलीबमोजिम कारबाही हुने सूचित गरिन्छ ।’

टिप्पणीहरू