सरुवा भएका डिआइजीलाई गृहमन्त्रीको निर्देशन

सरुवा भएका डिआइजीलाई गृहमन्त्रीको निर्देशन

नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डिआइजी)को जिम्मेवारी हेरफेर गरिएको छ । मुलुकमा सिर्जित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले तीन डिआइजीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा कार्यरत डिआइजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा रहेका डिआइजी दिलिपसिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । उनको ठाउँमा अर्का डिआइजी दिपक बस्नेतलाई पठाइएको छ । 

गृहमन्त्री अर्यालले जिम्मेवारी हेरफेर भएका तीनै जना डिआइजीलाई सुरक्षित निर्वाचनको वातावरण बनाउन निर्देशन दिएका छन् ।

टिप्पणीहरू