पूर्व जनमुक्तिसेना क्रान्तिकारी चरणमा प्रवेश

पूर्व जनमुक्तिसेना क्रान्तिकारी चरणमा प्रवेश

पूर्व जनमुक्तिसेना नेपाल नयाँ क्रान्तिकारी चरणमा प्रवेश गरेको छ । दाङको संग्राम ब्यारेकमा हालै सम्पन्न आफ्नो २४ औं स्थापना दिवसमा पूर्व जनमुक्तिसेना पुनःसंगठित हुँदै क्रान्तिकारी चरणमा प्रवेश गरेको हो । 

यो कदम संगठन संरचना सुधारका लागि मात्र नभई शहिद, घाइते, अपाङ्ग र बेपत्ता परिवारप्रतिको दायित्व र आम नागरिकको हक अधिकार सुनिश्चितताको दृढ प्रतिबद्धता भएको पूर्व जनमुक्तिसेनाको ठहर छ । 

स्थापना दिवसमा कमाण्डर भीमदत्त खड्का ‘सन्तोष’ को संयोजकत्वमा १७ सदस्यीय संयोजन समिति पनि गठन गरिएको छ । जसमा दिपेन्द्र घर्ती, सीता विक, तिलक पुन, रामजी थारु, इन्द्र गौतम, गनबहादुर घर्ती, प्रदिप ओली, विकास मल्ल, शान्ति महत, आजात खड्का, उज्जल, मनबहादुर शाही, आशिष मल्ल, हुकुम खड्का, भरत विक र फाइटर सदस्य छन् । 

त्यस्तै, नौ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । सो समितिमा हर्कमान बुढा, जितमान पुन, जयविर घर्ती, अनन्त केसी, सविन पोखरेल, समिर केसी, पूर्ण बुढालगायत छन् । 

संयोजन र सल्लाहकार समितिले प्रारम्भिक रुपमा शहिद तथा बेपत्ता परिवारको रोजगारी, घाइते–अपाङ्ग योद्धाको उपचार तथा पुनःस्थापना, राष्ट्रिय शहिद घोषणा, निःशुल्क शिक्षा र स्वास्थ्य, युवालाई स्वदेशमै रोजगारी, दोषीको सम्पत्ति राष्ट्रियकरण, वैदेशिक हस्तक्षेप र आइएनजीओ नियन्त्रणजस्ता माग अघि सारेको छ । 

आफ्ना माग पूराका निम्ति आन्दोलनमार्फत दबाब सिर्जना गर्नेसमेत पूर्व जनमुक्तिसेनाको तयारी छ । यसले शहिदप्रति सम्मान, ऐतिहासिक जिम्मेवारी र नयाँ क्रान्तिकारी चेतना जगाउने उनीहरुको विश्वास छ ।

टिप्पणीहरू