ओलीकी ‘ग्ल्यामर’ चेली माइतीघर बैठकमा
आफूलाई गायिका तथा मोडलको रुपमा प्रस्तुत गर्दै आएकी एक एमाले महाविधेशन प्रतिनिधिले इच्छा पूरा नभएपछि गुट फेरेकी छन् । विगतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्दै गीत सुनाउन बालकोटदेखि बालुवाटारसम्म पुगेकी लक्ष्मी आचार्य ईश्वर पोखरेल समूहमा प्रवेश गरेकी हुन् ।
पार्टी महाधिवेशनपछि पोखरेल समूहमा खुलेकी उनले ओली प्यानलबाट केन्द्रीय सदस्य बन्न चाहेकोमा सूचीमै नपरेपछि समूह फेरेको बताइन्छ । ‘विदेशीको दास हुनुभन्दा ओलीको झोले हुनु राम्रो’ भन्दै अधिकांश समय नेतृत्वको प्रशंसामा रमाउने गरेकी उनी हिजो माइतघर हाइटको कार्की ब्यांक्वैट पुगेकी थिइन् । महाधिवेशन समीक्षा गर्न बसेको पोखरेल समूहको बैठकमा एकाएक उनी झुल्किएपछि धेरैजना अचम्ममा परेका थिए । लेखराज भट्टलाई ‘भेनाजु’ भन्ने लक्ष्मी कैलाली क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रनितिनिधि छनोट भएकी थिइन् । तर केन्द्रीय सदस्यको चाहना राखेकी उनी ओलीको प्यानलमा नअटाएपछि अर्कोतर्फ लागेकी हुन् ।
‘ग्ल्यामर’ छवि बनाएकी लक्ष्मीले हिजो कार्की ब्याक्वैँटमा राम्रै चहलपहल दिएकी थिइन् । शुरुमा कर्ण थापालाई भेटेर सहानुभूति र बधाई एकैचोटी व्यक्त गर्दै भनिन्, ‘सचिवमा हारेकोमा दुःख व्यक्त र केन्द्रीय सदस्य जितेकोमा बधाई ।’ अध्यक्ष ओली समूहलाई पोखरेलले प्यानल बनाएर चुनौती दिएकोमा लक्ष्मीले खुशी व्यक्त गरेको बताइन्छ ।
फरक ढंगले शरीरका अंगको फोटोसुट गराएपछि चर्चामा आएकी लक्ष्मीले दर्जनौं गीतमा स्वरसँगै मोडलिङ गरेकी छन् । यद्यपि, हालसम्म उनका गीतले खासै चर्चा पाएको छैन । ‘लुगा फुकाल्दैमा विचार नांगो हुँदैन’ भन्ने उनी अधिकांश कन्सर्टमा अर्थनग्न रुपमा प्रस्तुत हुन्छिन् । छातीमा सूर्य चिन्हको ट्याटु नै खोपेकी छन् ।
टिप्पणीहरू