राष्ट्रिय सभा निर्वाचन : एमालेले मधेश प्रदेशको उम्मेदवार टुंग्याउन बाँकी

राष्ट्रिय सभा निर्वाचन : एमालेले मधेश प्रदेशको उम्मेदवार टुंग्याउन बाँकी

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश बाहेक अन्य प्रदेशका उम्मेदवार टुंगो लगाएको छ । रिक्त १८ सदस्यका लागि हुने निर्वाचनमा एमालेले अन्य छ वटा प्रदेशबाट छ जनाको नाम निश्चित गरेको छ । 

जसअनुसार लुम्बिनीबाट रामकुमारी झाँक्री, कोशीबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल तोकिएका छन् । त्यस्तै गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

आज मनोनयन दर्ताअघि नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच सीट भागबण्डाको सहमतिको अन्तिम प्रयास हुँदैछ । सहमति हुँदा एमाले र कांग्रेसलाई सात सात, नेकपालाई तीन र जसपा नेपालले एक सिट पाउनेछन् ।

टिप्पणीहरू