एमालेका कार्यकर्ताद्वारा सामूहिक राजीनामा

एमालेका कार्यकर्ताद्वारा सामूहिक राजीनामा

नेकपा एमालेका दर्जन बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । दोलखा जिल्ला कमिटी र दोलखा–काठमाडौं सम्पर्क मञ्चका कार्यकर्ताले आज पार्टी परित्याग गरेका हुन् । 

कमिटीका उपसचिव हरिप्रसाद ओली, सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा कमिटी अध्यक्ष ईश्वरीप्रसाद दाहाल,सदस्यहरु श्यामसुन्दर शिवाकोटी,निलकुमार खुलाल,होम थामी,ईन्द्रबहादुर थामी,राधा चापागाईँ खड्का,रमा शिवाकोटी, सबिना केसी, कुमार बस्नेत, प्रल्हाद लामिछाने, विक्रम खड्का, सुवास धामीले पार्टी छोडेका छन् ।

त्यसैगरी, कालिञ्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कुमारबाबु शिवाकोटी,उपाध्यक्ष सपन अर्याल, सचिव राहुल कार्की, कोषाध्यक्ष कमल घिमिरे, सदस्यहरु माया खड्का, सबिन बस्नेत, लजुना नेपाली, अन्तरजिल्ला युवा संघका अध्यक्ष माधव खड्काले अध्यक्षसमक्ष राजीनामा बुझाएका छन् ।

आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउने साझा उद्देश्यविपरीत जिल्ला नेतृत्वले एकलौटी निर्णय गरेको उनीहरुको आरोप छ । ‘निश्चित व्यक्तिको दास बनेर पार्टीलाई कब्जा गर्ने प्रवृत्ति र विचार विमर्श तथा सामूहिक नेतृत्वको मूल्यमान्यतालाई कमजोर बनाउने क्रियाकलापहरुप्रति असहमति जनाउँदै आजकै मितिबाट लागू हुनेगरी सामूहिक राजीनामा दिएका छौं’,पत्रमा उल्लेख छ ।

टिप्पणीहरू